प्रतिबन्धित लागूऔषध सहित ३ पक्राउ

 

असार १३, कावासेती । प्रहरीले नवलपरासीको मध्यविन्दु नगरपालिका–१५, चोरमाराबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भैरहवाबाट काठमाडौँका लागि छुटेको लु १ ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजक रहेको छ । 

null

पक्राउ परेको उनको साथबाट लागूऔषध नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत फेला पारिएको प्रहरीले जानकारी दिएको छ । 

त्यसैगरी बझाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख १३३३ नंको बसमा सवार २ व्यक्ति लागूऔषध सहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ललितपुरका २६ वर्षीय विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेल रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागुऔषध फेला पारिएको छ । 

प्रहरीका अनुसार हाल उनीहरुलाई आवश्यक कारवाही अघी बढाई थप अनुसन्धान भईरहेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *