आज अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, ८ असार । आज आइतबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७५ पैसा छ । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८९ पैसा छ । 

यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा रहेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४३ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ४० पैसा र बिक्रीदर २९५ रुपैयाँ ९९ पैसा छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *