हावाहुरीबाट २ जनाको मृत्यु, सयभन्दा बढी घाइते (फोटोफिचर)

  

जेठ २४, काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा परी दुई जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । 

भीषण हावाहुरीमा परी टीकापुर नगरपालिका–२ का ४७ वर्षीय लहानु डगौरा र कैलालीकै गोदावरी नगरपालिका–८ का ३१ वर्षीय वीरबहादुर चौधरीको मृत्यु भएको हो । हावाहुरीका कारण टिपरसँग मोटरसाइकल ठोक्किँदा यसका चालक चौधरीको मृत्यु भएको हो । 

null

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । 

हावाहुरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका छन् । बिजुलीको पोल ढलेर विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटिरहेका छन् । 

हावाहुरीका कारण भएको क्षतिको पूरा विवरण आउन भने अझै बाँकी रहेको प्रहरीले जनाएको छ । 

भीषण हावाहुरीले विद्यालयहरूमा क्षति भएका कारण आज (शुक्रबार) कैलाली र कञ्चनपुरका विद्यालयहरु पनि बन्द गरिएको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *