बलात्कारकाे पिडा सहन नसक्दा कानुनी रूपमा इच्छामृत्यु

 

जेठ २४ ।  ‘१० दिनभित्र म मर्नेछु । थुप्रै वर्ष संघर्ष गरेपछि यो समाप्त भयो । मैले केही समयदेखि खान–पिउन बन्द गरेको छु र थुप्रै कुराकानी र सोचविचारपछि मलाई छुटकारा दिइने निर्णय गरियो किनभने मेरो समस्या असह्य छ ।’ 

यो लाइन १७ वर्षकी एक किशोरीले आफ्नो जीवन समाप्त गर्नुअघि लेखेकी थिइन् । उनको यो वाक्यांशले बलात्कारको पीडा कति दर्दनाक र भयानक हुन्छ भनेर देखाउँछ । नेआ पेटहोवेन अब यो संसारमा छैनन् । उनको घरको लिभिङ रुममा बनाइएको अस्पताल ढाँचाको शैय्यामा उनले आइतबार अन्तिम सास फेरिन् । 

null

नोआ नेदरल्याण्डको अर्नहेम शहरमा बस्थिन् । बाल्यकालमा उनीमाथि पटकपटक यौन हमला भए । ११ वर्षको उमेरमा यौन उत्पीडन र १४ वर्षको उमेरमा बलात्कार । त्यसपछि उनको जीवन कहिले पनि साधारण हुन सकेन । उनी डिप्रेशनमा गइन् । उनी अनोरेक्सिया रोगबाट ग्रसित भइन् । यो रोग लागेपछि भोक लाग्न छोड्छ । गत वर्ष उनको डिप्रेशन र मानसिक रोगसँगको संघर्ष बढ्या । 

 

आफ्नो लागि इच्छामृत्युका लागि उनले युथेनेशिया क्लिनिकमा आवेदन दिएकी थिइन् । उनले आफ्ना आमा–बुवालाई चिट्ठी लेखेर यसबारे जानकारी दिइन् । उनलाई त्यसपछि डिप्रेशनसँग जुध्नका लागि तीन भिन्न भिन्न चाइल्ड केयर फ्यासिलिटीमा राखियो तर यसले कुनै फाइदा पुर्याएन । अन्त्यमा उनलाई एक अस्पतालमा भर्ना गरियो । 

नेदरल्याण्डमा इच्छामृत्युले कानुनी मान्यता पाएको छ । तर यसका लागि एक डाक्टरको मञ्जुरी चाहिन्छ । यदि डाक्टरले इच्छामृत्यु माग्ने व्यक्तिको कष्ट उनको सहन शक्तिभन्दा बाहिर छ भने इच्छामृत्युका लागि अनुमती दिइन्छ । 

अन्त्यमा नोआले जीवन समाप्त गर्ने अनुमती पाइन् । मृत्युको एक दिनअघि उनले इन्स्टाग्राममा एउटा पोष्ट लेखिन् । उनी डिप्रेशनसँग त लडिन् र त्यसबाट पार पाउन नसकेको बताइन् । उनले एक वर्षसम्म इच्छामृत्युका लागि लडिरहिन् । 

जून २ तारिखमा नोआले एक सरकारी क्लिनिकको मद्दतले मृत्युवरण गरिन् । 

नोआले ब्लगमार्फत् मानिसहरुलाई मनोरोग र डिप्रेशनबारे जानकारी दिइरहिन् । उनले विनिङ एण्ड लर्निङ नामको बायोग्राफीमा यौन शोषण, बलात्कार र डिप्रेशनबारे लेखेकी छिन् । किताबमा उनले लज्जाका कारण उक्त वास्तविकतालाई धेरै वर्षसम्म लुकाएर राखेको पनि बताएकी छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *