जग्गा विवाद नटुंगिँदै नक्सा पास, ‘दुहुनो भैंसी वितरण’ कार्यक्रममा अनियमितता

काठमाडौं, १५ असार । आज प्रकाशित दैनिक पत्रिकाले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले प्रदेश २ को दुहुनो भैंसी वितरणमाथि नजर लगाएका छन् भने कुनैले सूचना प्रविधि विधेयक, जवजबारे नेकपा अध्यक्षद्वयले व्यक्त गरेको भनाइ, वृक्षरोपणलगायत विषय समेटेका छन् । 

कान्तिपुरले त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयले भवन निर्माण थालेकोलाई चासोका साथ उठाएको छ । कान्तिपुरका अनुसार विवादका कारण अवरुद्ध भवन निर्माण कार्यका लागि शनिबार प्रहरी परिचालन गरी पुनः सुरु गरिएको छ । त्रिविसँगको जग्गा विवादकै बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले करिब १० करोड लागतको पाँचतले भवन असार ९ मा शिलान्यास गरेका थिए । त्यस्तै, सूचना प्रविधि विधेयकमा राखिएको प्रावधानबारे कान्तिपुरले आज पनि चर्चा गरेको छ । 

 

null

प्रदेश २ सरकारले सहिद परिवारका लागि ल्याएको ‘दुहुनो भैंसी वितरण’ कार्यक्रमका नाममा भएको अनियमितताकाे अन्तरकुन्तर नयाँ पत्रिकाले केलाएकाे छ । समाचार अनुसार सहिद परिवारका लागि भन्दै भैंसी किनेर प्रदेश २ सरकारले पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । नेतालाई भैंसी दिन कार्यविधि नै परिवर्तन गरिएको छ । सिरहामा सरकारले बाँडेको भैंसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =