जबर्जस्ती याैनधन्दा गराउने पुर्वेली खाजा घरका सञ्चालक पक्राउ
२०७६ असार ५ गते

असार २, काठमाडाैँ । महानगरीय प्रहरी प्रभाग काेटेश्वरले जबर्जस्ती याैन धन्दामा गराउन लगाउने पुर्वेली खाजा घरका सञ्चालक पक्राउ गरेकाे छ ।
१६ बर्षिय बालिकालाई जबर्जस्ती याैन धन्दामा लगाउने पुर्वेली खाजा घर सञ्चालकलाई बिशेष सुचनाकाे आधारमा पक्राउ गरेकाे हाे ।
null
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले १६ वर्षिय भाडा माँझ्ने बालिका र अन्य सरसफाइ गर्ने बालिकालाई याैन धन्दा लगाएकाे आराेपमा पक्राउ परेकाे बताए । उनले भने” । ती बालिकालाई शरीरभरि निलडाम हुने गरी कुटपिट गर्ने, माधक पदाथ सेवन गराई ती बालिकालाइ याैन जन्य कृयाकलापमा संलग्न गराई रहेकाे बिशेष सुचनाकाे आधारमा पुर्वेली खाजा घर सञ्चालकलाई पक्राउ गरेका हाैं ।”
जडिबुटीवाट पक्राउ परेका तामाङलाई मानव बेचविखन अन्तर्गत मुद्दा चलाईएकाे काठमाडौं परिसरले जनाएकाे छ ।
२०७६ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








