चोरीको पैसाले मोटरसाईकल किन्ने पक्राउ

 

जेष्ठ १९, चितवन । चितवनको कालिका नगरपालिका ४ पदमपुर वजारको एक पसलमा दिउँसै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छ । 

कालिका नगरपालिका ४ पदमपुरमा भीमोदय माध्यमिक विद्यालयले भाडामा दिएको सटरमा रहेको साल्सा कलेक्सनबाट नगद र गरगहना चोरी गरि भागेका रत्ननगर ४ का कृष्ण विश्वकर्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी ) सन्तोष आचार्यले जानकारी दिए । 

null

कार्यालयका प्रहरी निरीक्षक युवराज तिमल्सीनाको कमाण्डमा खटिएको टोलीले चोरी भएको दुई दिनमै उनलाई पक्राउ गरिएको डिएसपी आचार्यले वताए । विश्वकर्मा यसअघि पनि विभिन्न घटनामा सलग्न रहेको आरोपमा प्रहरीले पाँच पटक सम्म पक्राउ गरिसकेको थियो । 

पदमपुरको सुन पसल चोरी गरेका विश्वकर्माले चोरीको पैसाले मोटरसाईकल र हुक्का किनेको प्रहरीलाई वताएका छन् । पदमपुर क्षेत्रमा लगातार रुपमा विभिन्न घटना भईरहँदा चोरीको घटनाले समेत सो क्षेत्रका स्थानीय आक्रान्त हुँदै आएका छन् । 

सिसी क्यामेराको सहायतामा विश्वकर्माको पहिचान गरेर पक्राउ गरिएको डिएसपी आचार्यले जानकारी दिए । पक्राउ परेका विश्वकर्मालाई म्याद थप गरि अनुसन्धान गरिने आचार्यले वताए । पूर्वी चितवनमा चोरीका घटना वढिरहेका वेला विश्वकर्मा पक्राउ प्रहरीलाई राहत मिलेको छ । 

डिएसपी आचार्यले चोरीको घटना नियन्त्रणका लागि टाँडी प्रहरीले विषेश अप्रेशन चाल्ने समेत वताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *