ट्रकबाट ५४ किलो गाँजा बरामद

मकवानपुर, ३२ जेष्ठ । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक अरुणकुमार कुसवाहासहितको टोलीले एक ट्रकबाट गाँजा बरामद गरेको छ । 

 

शुक्रबार हेटौंडा– १५ स्थित पूर्वपश्चिम लोकमार्गमा ना ३ ख ५३४० नम्बर ट्रकबाट प्रहरीले कचालक बाराको सिमरा उमनपा–२ बस्ने वर्ष २८ का रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने वर्ष ४४ का सञ्जय महतोलाई पक्राउ गर्दै २७ वटा प्लास्टिकले बेरिएको पोकामा लुकाइ ल्याइएको ५४ किलो गाँजा बरामद गरेको हो । 

null

ट्रकको अगाडिपट्टिको सिलिङमा फल्स बटम बनाएर दुई वटा बोराभित्र फेला परेको हुँदा गाँजा, अभियुक्त र ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =