प्रकाश सपुतका भाइ बब्लुको ‘कसरी’ चर्चा बटुल्दै

 

असार १२, काठमाडौं । गलबन्दी गायक प्रकाश सपुतका भाई देवेन्द्र बब्लुले आफ्नो पहिलो गीत ‘कसरी’ सार्वजनिक गरेका छन् । 

गायक बब्लुकै शब्द संगीत र स्वर रहेको उक्त गीत रोहिणी भट्टराईको सहकार्य तथा भाका नेपालको प्रस्तुतिमा प्रकाश सपुतको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । लोक पप प्यार्टनमा तयार पारिएको गीत श्रवणीय छ । 

null

म्युजिक भिडियोमा गायक बब्लु र प्रियंका चौधरीको केमेस्ट्री देख्न पाइन्छ । भिडियोमा गायक बब्लु सुचिकार बनेका छन् भने, प्रियंका फाइनान्सकी कर्मचारी बनेकी छिन् । गीतको विच विचमा प्रयोग गरीएको संवादले म्युजिक भिडियोलाई आकर्षक बनाएको छ । 

वीपी फिल्मस नेपालले दृश्य निर्माण गरेको भिडियोलाई अनिल कृष्ण मानन्धरले छायांकन गरेका हुन् भने, भिडियोको सम्पादन तथा निर्देशन प्रबिन भट्टले गरेका छन् । 

बिहिबार साँझ सार्वजनिक गीतलाई दर्शकले मन पराएका छन् । पहिलो गीतबाट नै गायक बब्लुले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो संभावना देखाएका छन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *