प्रिपहर होमस्टे देशकै उत्कृष्ट

 

जेठ ३२, धनकुटा । नवलपरासी जिल्लाको सुस्ता पूर्व देउचुलीमा रहेको प्रिपहर होमस्टे स्थापनाको ६ वर्षमै नेपालकै उत्कृष्ट बन्न सफल भएको छ । 

२०७० साल जेठ ५ गते स्थापना भएको अमलटारी होमस्टेले हालसम्म करिब २ करोड कारोबार गर्न सफल भएको छ भने करीब १२ हजार आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याएको छ । 

null

धनकुटाको नाम्चेमा गरिएको एक नम्बर प्रदेश स्तरीय होमस्टे कार्यशाला गोष्टी तथा महोत्सव उदघाटन समारोहमा ग्रामीण पर्यटनको विकासका लागि स्थापित संस्था तारा गाउँ विकास समिति काठमाडौंको सिफारिशमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार विश्वको उत्कृष्ट गन्तव्यको १० स्थानको रुपमा उक्त होमस्टेलाई नगद १ लाख १ हजार र प्रमाणपत्र सहित उत्कृष्टताको सम्मान गरेको छ । 

पिप्रहर होमस्टे नवलपरासीकै एक होमस्टेको रुपमा पर्दछ । सो क्षेत्रमा होम स्टेसँगै रहेका पैदल सफारी, हात्ती सफारी, बोटिङ, फिशिङ एवम् जङ्गली जनावर होमस्टे क्षेत्रबाटै सजिलै देख्न पिप्रहर होमस्टेका सञ्चालक झनक महतोेले बताए । 

साथै, स्थानीय कला एवम् संस्कृति हेर्न र रमाउन पाइन्छ । यसैले गर्दा पनि पिप्रहरा होमस्टेमा पर्यटक बढी आउने गरेकाले यसलाई उत्कृष्ट मानिएको महतोको बुझाइ थियो । 

महतोले सम्मानसँगै खुशी व्यक्त गर्दै स्थापना गर्ने समयमा भने कसरी पर्यटक आउलान् भनेर डराएर बस्नुपरेको र अहिले आफूले थालनी गरेको होमस्टे उत्कृष्ट हुँदा खुशीको सीमा नै नभएको बताए । 

अहिले महतोको होमस्टेमा पर्यटकको सङ्ख्या बढ्दै गएपछि आफूलाई होमस्टे सञ्चालन गर्न थप हौसला मिलेको महतोले बताए । 

आज र भोली दुई दिनसम्म चल्ने कार्यक्रममा १३ जिल्लाबाट ४३ बटा होमस्टेको सहभागीत रहेको छ । 

कार्यक्रममा सम्बोधन गर्दै कानुन मन्त्री भानुभक्त ढकालले विकास र निर्माणको पक्षमा राम्रो कार्य गरिएन भने नेकपाको सरकारलाई जनताले कुनैपनि हालतमा नछोडने बताए । उनले पर्यटन विकासका निम्ति सबैभन्दा पहिले पाहुना राख्ने स्थानको व्यवस्थापन गर्नुपर्ने बताउँदै पर्यटनको क्षेत्रमा केन्द्र सरकारले हरेक तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री ढकालले बिगतका दिनहरुमा होम स्टे होस वा अन्य कुनै कुरा कमी कमजारी आएकोले त्यस्ता कमी कमजोरीलाइृ सच्याएर अगाडी बढ्न सबैमा अपिल पनि गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *