अवैध रुपमा साउदी लैजाने म्यानपावरमा विभागको छापा, दूतावासको समेत संलग्नता भेटियो

 

असार ५, काठमाडौं । नेपाली श्रमिक साउदी लैजाने म्यानपावरको अन्तर्वार्तास्थलमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । 

साउदी अरबमा नेपाली श्रमिक अवैध रुपमा लगिएको सूचनाका आधारमा विभागले बुधबार विभागले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छापा मारेको हो । 

null

कुनै प्रक्रिया नै पूरा नगरी ११ सय नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन लागिएको भन्दै विभागले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छापा मारी अन्तर्वार्ता रोकेको छ । अनुसन्धानका क्रमममा उक्त अवैध कार्यमा म्यानपावरका कर्मचारीदेखि साउदी दूतावास समेतको संलग्नता रहेको खुलासा भएको छ । 

सिनामंगलको मिता म्यानपावर कम्पनीका सञ्चालक, साउदीको कम्पनीका चार जना र नेपालस्थित साउदी दूतावासका कर्मचारीको सहभागीतामा अन्तर्वाता भइरहेको भेटिएको विभागले जनाएको छ । 

११ सय जनालाई तीन महिनाका लागि रोजगारी दिने भन्दै अन्तर्वार्ता लिइरहेका बेला विभागको टोली पुगे पनि म्यानपावर सञ्चालकले ढाँटेका थिए । तर एसजीएस कम्पनीका लागि यो म्यानपावरले ५३ जनाको लागि मात्रै स्वीकृति लिएको पाइएको छ । 

विभागले सञ्चालकलाई २४ घण्टाभित्र विभागमा हाजिर हुन निर्देशन दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *