डेंगु रोग नियन्त्रण गर्न आफ्नै खर्चमा जनप्रतिनीधिले चलाए अभियान

 

जेठ २६, धरान । धरानमा डेंगुको महामारी फैलिए पछि डेंगु रोग नियन्त्रणको अभियान सञ्चालन भइरहेको छ । धरान उपमहानगरपालिका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय जनसभागिता समेतको सहकार्यमा सञ्चालित अभियानले समेत डेंगु रोग नियन्त्रण हुन सकिरहेको छैन । 

धरानका वडा नं. ८ र १५ मा डेंगुको महामारी फैलिए पछि धरान उपमहानगरपालिका वडा नं. १८ मा जनप्रतिनीधिहरुको व्यक्तिगत खर्चमा समेत मास परिचालन तथा जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ । 

null

धरान १८ का वडा अध्यक्ष प्रविण राईको नेतृत्वमा एक सातादेखि फिनेल, मटितेल खरिद गरि वडाका ३३९ वटै घरधुरीमा पुगेर डेंगुका लार्भा, प्युपा र लामखुट्टे मार्ने अभियान चलिरहेको छ ।  

अभियानले लामखुट्टे नियन्त्रण गर्न र डेंगु रोग नियन्त्रण गर्न सहयोग पुग्ने अभियानका प्रमुख १८ नं. वडाध्यक्ष प्रविण राईले बताए । ‘डेंगु रोग नियन्त्रणका लागि नगरको बजेट आउन समय लाग्ने भएकोले तत्काल डेंगु रोग निइत्रण गर्न ५ वडाका जनप्रतिनीतिहरुसँग छलफल गरेर अभियान चलाइएको छ ।’ वडाध्यक्ष राईले भने । 

 

उनका अनुसार करिब ३० हजार लगानी गरेर ३० लिटर मट्टितेल, ३० बोतल फिनेल, डेंगुबारेको जनचेतनामुलक ५ हजार प्रर्चा छापेर वितरण गरिएको छ । जनचेतना फैलाउन टोल सुधार समितिका पदाधिकारी, संघ संस्थाका प्रतिनीधि र स्थानीय समेत लागि परेका छन् । वडाध्यक्ष राईले नगरपालिकाबाट अभियान सञ्चालन गर्नका लागि बजेटसहितको निर्देशन ढिलो भए पछि आफनै लगानीमा अभियान सञ्चालन गरिएको हो । धरानमा हालसम्म २८१ जनालाई डेंगुको संक्रमण भएको पाइएको छ । डेंगु रोग नियन्त्रणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष योजना बनाएरै काम गरिरहेको छ ।  

प्रतिष्ठानले त्यसका लागि र्यापिड रेस्पोन्स टीम नै खडा गरेको छ । भने, प्रतिष्ठानले डेंगु रोगीको उपचारमा कुनै समस्या आउन नदिन विशेष योजना बनाएर चिकित्सक परिचालन गरेको प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *