‘अन्जानमा केही गलत बोलेको भए हामी क्षमाप्रार्थी छौँ’

 

जेठ १९, काठमाडौं । अन्तर्राष्ट्रिय गौतम बुुद्ध क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका हास्य कलाकार एवम् सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) ले मानिसबाट कहिलेकाहीँ कमिकमजोरी हुने भन्दै यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै धुर्मुसले अज्ञानवश् भूल भएको भए क्षमा दिन आग्रह गरेका छन् । 

null

फेसबुकमा उनी लेख्छन्, ‘मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन । मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ ।’ 

अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोसित हुनु स्वभाविक रहको बताउँदै उनले भने, ‘हामीले आक्रोशमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथी ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानिय प्रति हाम्रो केही गुनासो छैन् ।’ 

उनले निर्माणधीन रंगशालाको बार भत्काइँदा देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताको अपमान भएको पनि बताए । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा पनि चोट लागेको उनको भनाइ छ । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *