६ बुंदे ज्ञापनपत्र मुख्यमन्त्री राईलाई बुझाइयो, नेपालबाटै एनओसी दिने व्यवस्था गर्न माग

धरान, २३ जेठ । राष्ट्रिय शैक्षिक परामर्श संघले नेपालबाट उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीहरु संग त्यहाँ अनिवार्य रुपमा एनओसी ‘नो अब्जेक्सन सर्टिफिकेट’ मागिने गरेकाले धेरै विद्यार्थी ठगिदैँ आएकाले नेपालबाट जाँदा एनओसी दिने व्यवस्था मिलाउन माग गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई शैक्षिक परामर्श तथा भाषा शिक्षण संस्थाहरुका ऐन, नियमको दायरामा ल्याउने बारेमा बुझाइएको ज्ञापनपत्रमा उक्त माग गरिएको हो । 

 

संघका प्रदेश १ समितिका अध्यक्ष मोहन तिगेलाको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले अहिले भारतमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई नेपालबाटै एनओसी दिने व्यवस्था लागु नगर्दा भारतमा पुगेर धेरै नेपाली विद्यार्थीले दुःख पाउने र ठगिनेक्रम बढेको स्थिति बोर मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए । 

null

भारतीय सम्बन्धित पक्षले एनओसी माग गरेमा नयाँ दिल्ली स्थित नेपाली राजदुतावास मार्फत एनओसी प्राप्त गर्ने प्रक्रियामा जानुपर्ने वा नेपालमै फर्कनु पर्ने बाध्यता व्यहोर्दै आउनु परेको छ । अध्ययनका लागि विद्यार्थीहरु भारतमा पठाउँदा नेपालमा राजश्व पनि छलि हुँदै आएकोमा भारत जाने विद्यार्थीहरुलाई एनओसी अनिवार्य गरिए राजश्व छलि न्युनिकरण हुने बताइएको छ । 

मुख्यमन्त्री राईलाई बुझाइएको ६ बुंदे ज्ञापनपत्रमा प्रदेश सरकारले नै प्रदेशमा सञ्चालित शैक्षिक परामर्श केन्द्रहरुलाई दर्ता, नियमन र नियन्त्रण गर्न सक्ने कानुनी ब्यबस्था भएकाले तत्काल ऐन तथा नियमावली बनाएर कार्यान्वयनमा ल्याउन माग गरिएको छ । प्रदेश १ भित्र सञ्चालित सम्पुर्ण शैक्षिक परामर्स तथ भाषा शिक्षण संस्थाहरुलाई कानुनी दायरामा ल्याई नियमन, अनुगमन गरी स्वीकृती प्रदान गर्न पनि माग गरिएको छ । साथै सम्बद्ध शैक्षिक संस्थाहरुका लागि शिक्षण सम्बन्धि निर्देशिका निर्माण गरि लागु गर्नपनि माग गरेको छ । 

अध्यक्ष मोहन तिगेलाले राज्यलाई १३ प्रतिसत भ्याट र २५ प्रतिशत आयकर तिरेर सञ्चालन भएका इन्टिस्चयुट भन्दा अन्य तरिकाबाट सञ्चालन भएका केन्द्रहरुको कारण समस्या हुने गरेको स्थिति पनि मुख्यमन्त्री राईलाई अवगत गराएका थिए । ज्ञापनपत्र ग्रहण गरेपछि मुख्यमन्त्री राईले परामर्श संघसँग समन्वय गरेर यसलाई चाडै समाधान गर्ने बचन दिएको मुख्यमन्त्रीलाई उधृत गर्दै अध्यक्ष तिगेलले जानकारी दिए । 

अध्यक्ष तिगेलका अनुसार मुख्यमन्त्रीले संघले ज्ञापनपत्रमा दिएका सुझाव र आग्रहहरु अध्ययन गर्न तत्कालै सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताए । ज्ञापनपत्र बुझाउन अध्यक्ष तिगेला सहित सचिव टिका ढकाल, सदस्यहरु विशाल खुलाल, सन्तोष कुरुङबाङ, प्रकाश कार्की, मन्दिप न्यौपाने, सुजन भट्टराई, ब्यञ्जु ताम्राकार, सरोज दाहालको टोलीले मुख्यमन्त्री संग भेट गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *