महिला सांसदलाई थप्पड हान्ने पक्राउ

 

जेठ ३१, केन्या ।    केन्यामा एक सांसदले आफ्नी महिला साथी सांसदलाई थप्पड हानेपछि पक्राउ गरिएको छ । 

 थप्पड हान्ने सांसदको नाम राशिद कासिम हो र जुन महिला सांसदलाई थप्पड हानिएको छ उनको नाम फातुमा गेडी हो । रिपोर्टका अनुसार फातुमाले राशिदको संसदीय क्षेत्रका लागि रकम विनियोजनक नगरेका कारण उनलाई थप्पड हानिएको बताइएको छ । 

null

घटना पछि फातुमा गेडीका ती तस्बिर ट्वीटरमा सेयर गरिँदै छ जसमा उनी रोइरहेको देखिएकी छिन् । उनको मुखबाट रगत पनि निस्किएको देखिएको छ । 

 

फातुमाको पिटाईपछि महिला सांसदले आफ्नो विरोध जताउनका लागि संसदबाट बाहिरिएका थिए । मिडिया रिपोर्ट अनुसार राशिदले फातुमालाई संसद भवनको कार पार्किङमा थप्पड हानेका हुन् । 

उनी फातुमालाई उनको संसदीय क्षेत्रका लागि रकम विनियोजन किन नगरेको भन्दै प्रश्न गरिरहेका थिए । सांसद सबिना वान्जिरु चेगले बीबीसीसँगको कुराकानीमा घटनाको विषयमा पुरुष सांसदले महिला सांसदको मजाक उडाएको जानकारी दिइन् । 

 

सबिनाले भनिन्, ‘केही पुरुष सहकर्मी हामी भए ठाउँ आएर हामीमाथि हाँस्न थाले र आज ‘थप्पड दिवस’ भएको बताउन थाले । उनीहरुले महिलाको व्यवहार ठिक हुनुपर्ने र पुरुषको अगाडि कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकार हुनुपर्ने बताए ।’ 

सबिना वान्जिरुले भनिन्, ‘हामी सबै सांसद हौं र हामीहरु उनीहरुभन्दा कुनै पनि हालतमा कमजोर छैनौं ।’ उक्त घटनापछि सबै महिला सांसद रिसाउँदै संसदबाट बाहिरिए र राशिद कासिमको गिरफ्तारीको माग गरे । 

। 

अभियुक्त सांसद राशिद कासिमको यो मामलामा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । उक्त घटनापछि केन्याको सोसल मिडियामा उनीमाथि कडा कारवाहीको माग भइरहेको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =