गर्मीले तोड्यो रेकर्ड, दुई दिनमा १६१ जनाको मृत्यु

 

असार २, नयाँ दिल्ली । बिहारमा मौसममा आगो फैलिरहेको छ । पटनामा भन्ने हो भने गर्मीले ५३ सालको रेकर्ड तोडेको छ । त्यहाँको तापक्रम शनिबार मात्रै ४५.८ डिग्री सेल्सियसको रेकर्ड बनाएको थियो । आइतबारको स्थिति पनि यस्तै नै रह्यो । 

बिहारमा अत्यधिक गर्मीका कारण लु लागेर १ सय ६१ जनाको मृत्यु भएको छ । आइतबार मात्रै १०१ जनाको ज्यान गएको थियो । शनिबार गया र आसपासका क्षेत्रमा ६० जना भन्दा बढीको मृत्यु भएको थियो । ३०० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् । 

null

त्यहाँको मौसम विभागका अनुसार सोमबार (आज) पनि पटना, गया, औरंगावाद, नालान्दा, राजगीर, मुजफ्फरपुर, छपरा र मोतिहारी गर्मी तथा लु को चपेटामा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =