अञ्जुको ‘काउली फुल्ने बन्दा बेरीनी’ चर्चामा

 

असार ४, काठमाडौं । पूर्वेली गायिका अञ्जु गौतमले पश्चिमेली भाका बजारमा ल्याएकी छिन् । गायिका अञ्जुको ‘काउली फुल्ने बन्दा बेरीनी’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । 

लोकलयमा तयार पारिएको गीतलाई दर्शकले मन पराएका छन् । शुक्रबार सार्वजनिक गीतमा अञ्जुलाई झुम्के गुलेली गायक कमलीकान्त भेटुवालले साथ दिएका छन् । 

null

सुनसरी इटहरीकी अञ्जु पुर्वका सांगीतिक क्षेत्रमा नाम चलेकी गायिका हुन् । गायिका अञ्जुले आफु नयाँ गीतबाट आशावादी भएको बताइन् । 

‘काउली फुल्ने बन्दा बेरीनी’ गीतमा कमल स्वरागको एरेन्ज, शब्द र संगीत राजकुमार बगरको रहेको छ । म्युजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *