सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता

काठमाडौँ, ३१ जेष्ठ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा विभाग पुगेको हो । 

विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिएका हुन् । असार १ देखि लागू हुनेगरी यातायात भाडा १२ प्रतिशतसम्म बढाउने निर्णय गरिएको थियो । 

विभागको प्रेस विज्ञप्ति 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =