अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ

 

असार १२, काेरिया ।  अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ परेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि अष्ट्रेलियाले यसबारे तत्काल स्पष्टिकरणको माग गरेको छ । 

अष्ट्रेलियाली तथा दक्षिण कोरियाली मिडियाले पक्राउ पर्ने विद्यार्थी २९ वर्षीय एलेक सिग्ले भएको जानकारी दिएको छ । उनी प्योंगयांगमा बसिरहेको पनि जानकारीमा उल्लेख छ । 

null

अष्ट्रेलियाको विदेश मामला एवं व्यापार विभागले गोपनियताका कारण उनीबारे त्यति जानकारी उपलब्ध गराएको छैन । अष्ट्रेलियाले पक्राउ परेको भनिएका विद्यार्थीका परिवारलाई सहयोग गरिरहेको जानकारी दिएको छ । 

‘विभागले तत्काल स्पष्टिकरणको माग गरेको छ,’ बिहिबार प्रकाशित एक वक्तव्यमा बताइएको छ । ती विद्यार्थीलाई किन पक्राउ गरियो भनेर स्पष्ट जानकारी उपलब्ध छैन । 

सिग्ले उत्तर कोरियाको राजधानीस्थित किम क्ष्क्ष्–संग युनिभर्सिटीमा कोरियन साहित्यमा स्नातकोत्तर गरिरहेका थिए । उनले उत्तर कोरिया भ्रमण गर्न चाहने विदेशीका लागि टुर पनि चलाउँछन् । 

द गार्डियनमा मार्चमा प्रकाशित एक लेखमा उनले आफूलाई उत्तर कोरियामा बस्ने एक्ला अष्ट्रेलियाली नागरिक बताएका थिए । 

उनले कसैको सहयोग बिना उत्तर कोरियाली शहरमा घुम्न सक्ने बताएका थिए । यो हप्ताको सुरुवातमा उनका साथीले उनी हराइरहेको जानकारी दिएको अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पले बताएको छ । उत्तर कोरियामा अष्ट्रेलियाको कुनै दूतावास छैन । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *