समुन्द्रशास्त्र भन्छ हातमा यस्तो रेखा हुने मानिस हुन्छन् धेरै भाग्यमानी
असार ३। समुन्द्रशास्त्र अनुसार हत्केलामा भएको रेखाबाट व्यक्तिहरु कति भाग्यशाली छन् भन्ने जानकारी प्राप्त हुनसक्छ । हस्तरेखा ज्योतिषमा हत्केलामा केही योग बन्दछ, जसले मानिसको जीवन कस्तो हुनेछ भनेर बताउछ भने हाम्रो जीवनमा अधिक महत्वपूर्ण सुख प्राप्त गर्नको लागि संकेत दिने गर्दछ ।
हस्तरेखा बिज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा वर्तमान थाहा पाउन सकिन्छ । यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिषशास्त्रको दाबि छ । तर यस्ता प्रकारका रेखाहरु जन्म हुनु अगावै निर्धारण हुने जन्मपश्चात यस्तो रेखा निर्माण हुन् हुँदैन । हत्केलामा हुने विभिन्न शुभ चिन्ह मध्य त्रिशुल रेखा पनि एक हो । आज हामी तपाईहरुलाई हत्केलामा हुने त्रिशुल रेखाले गर्ने शुभ संकेतबारे जानकारी दिन जाँदै छौँ।
null
शुक्र पर्वतमा त्रिशुल भएका व्यक्तिहरुले जीवनमा ठूलो सफलता हासिल गर्न सक्छन । हत्केलामा यस्तो रेखा भएका व्यक्तिहरुले अरुको भावना बुझ्ने भएकाले जीवनमा सबैको साँचो माया पाउन सक्छन। शुक्र पर्वत बूढी औंलाको ठिक मुनि हुन्छ र यसलाई जीवनरेखाले घेरेको हुन्छ। यदि कसैको हत्केलामा रहेको मंगल पर्वतमा त्रिशुल छ भने कडा मेहेनत र परिश्रमबाट उक्त व्यक्ति धनवान बन्न सक्छन। मंगल पर्वत हत्केलाको दुई ठाउँमा हुने गर्छ। एक मंगल पर्वत गुरू पर्वत र शुक्र पर्वतको बिचमा हुन्छ भने अर्को मंगल पर्वत चद्र पर्वत र बुध पर्वतको बिचमा हुने गर्छ।
बुध पर्वत कान्छी औंलाको मुनिपट्टि रहेको हुन्छ। हत्केलाको बुध पर्वतमा त्रिशुल भएका व्यक्तिहरु आफ्नो बुद्धि प्रयोग गरेर ठूलो मात्रामा धन लाभ गर्न सक्छन। त्यसैगरि गुरू पर्वतमा त्रिशुल हुने व्यक्तिहरु निकै भाग्यमानी हुने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन। यो पर्वत चोर औंलाको मुनि पट्टि रहने गर्छ। शनि पर्वतमा त्रिशुल भएका व्यक्तिहरु निकै धनि र बुद्धिमान हुने गर्छन भने यो पर्वत माझि औंलाको तलतिर हुन्छ। एजेन्सी