गर्मीले जनजीवन प्रभावित, विद्यालय अनिश्चितकालका लागि बन्द

सर्लाही, १ असार । सर्लाहीको लालबन्दी नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मीले जनजीवन प्रभावित भएपछि विद्यालय बन्द गरिएको हो । 

 

अत्यधिक गर्मीले पठनपाठनमै समस्या भएपछि वर्षे बिदाबाट कट्टा हुने गरी आजदेखि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको लालबन्दी नगरपालिकाले जनाएको छ । नगरभित्र ४८ सामुदायिक र ३० भन्दा बढी निजी विद्यालय छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =