प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोडको बजेट

मोरङ, २ असार । प्रदेश १ सरकारले आइतबार प्रदेशसभामा आउँदो आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ । 

वित्तीय व्यवस्थापनतर्फ ८ करोड, अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङ्बोले जनाए । आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजश्व बाँडफाँडबाट १० अर्ब ५२ करोड, अनुदलानबाट २१ अर्ब २१ करोड र ६ अर्ब ५९ करोड चालु आर्थिक वर्षको नगद मौजदात रहने अनुमान गरिएको मन्त्री आङबोले बताए । 

 

null

बजेटमा कृषि, पर्यटन, उद्योग, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । स्थानीय तहलाई राजश्व बाँडफाँडबाट १ अर्ब ३ करोड र प्रदेशस्थित १ सय ३७ स्थानीय तहलाई ५० लाखको दरले १ अर्ब समानीकरण अनुदानका लागि बजेट बिनियोजन गरेको छ। प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड ५० लाखको दरले कूल १ अर्ब ४० करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेश सभा सदस्यको सिफारिसमा ५० लाखको दरले ४८ करोड बजेट बिनियोजन गरेको छ । 

कृषि, पशुपंक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब, पर्यटन क्षेत्रको विकासका लागि १ अर्ब ६६ करोड, बन तथा वातावरण क्षेत्रमा १ अर्ब २० करोड, उद्योग बाणिज्य तथा आपूर्ति क्षेत्रमा ४७ करोड, सिँचाई तथा नदी नियन्त्रणमा ३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ । शिक्षामा १ अर्ब २८ करोड, सवास्थ्य क्षेत्रमा १ अर्ब ७ करोड, खानेपानी तथा सरसफाईमा ३ अर्ब, खेलकुद क्षेत्रको विकासका लागि ४७ करोड ५५ लाख, भोतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणमा ८ अर्ब, आवास भवन तथा सहरी पूर्वाधारमा ३ अर्ब बजेट बिनियोजन गरेको छ । 

उर्जा तथा विद्युतमा श्रम तथा रोजगारी, सूचना तथा सञ्चार, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन, सुशासन र सार्बजनिक सेवा प्रवाह, विपद व्यवस्थापन, लागुपदार्थ दुर्व्यसन नियन्त्रणका लागि समेत बजेट विनियोजन गरेको छ । आजको कान्तिपुर दैनिकमा देवनारायण साहले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *