अक्षयकोषलाई चुकले गरे १० हजार सहयोग

 

जेष्ठ २० चितवन ।  खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषलाई जन्मदिनको अवसरमा सोमवार १० हजार रुपैया सहयोग भएको छ । 

नारायणगढ निवासी व्यवसायी वालकुमार चुकेका छोरा तथा नारायणी मोटर्सका प्रवन्ध निर्देशक अभिषेक चुकेको जन्मदिनको अवसरमा १० हजार १ सय रुपैया सहयोग भएको हो । 

null

सो अक्षयकोषमा जन्मदिन लगायत शुभकार्य तथा पुण्यतिथीको अवसरमा पारेर सहयोग हुँदै आएको छ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उदेश्यका साथ खैरहनी ८ पर्साका मुरली प्रसाद गजुरेलको एक्लो प्रयासमा अक्षयकोषको स्थापना भएको थियो । सोही अक्षयकोषको व्याजबाट खैरहनी माविको कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिदैं आएको छ । 

कोषमा हाल सम्म १ करोड १ लाख ४० हजार रुपैया संकलन भईसकेको कोषका संयोजक समेत रहेका गजुरेलले जानकारी दिए । गजुरेलको लक्ष्य अनुरुप गत वैशाखमा १ करोड संकलन भएको थियो । विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्नुको अलावा समस्याका परेकाहरुलाई पनि रकम संकलन गरेर सहयोग गर्दै आएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *