योग दिवसमा विभिन्न व्यक्तिहरुलाई सम्मान

 

असार ६, बिराटनगर । नेपाल भारत मैत्री युवा संघ मोरङले पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेको छ । 

दिवसका अवसरमा आयोजित कार्यक्रममा संघले पत्रकार, अभियानकर्मी र योग प्रशिक्षकलाई सम्मान गरेको हो । स्थानिय मदर टेरेसा स्कुल परिसरमा आयोजित कार्यक्रममा नेपाल र भारतका समेतगरि ३ जना पत्रकारलाई सम्मान गरिएको छ । सो क्रममा मकालु टेलिभिजनका बरिष्ठ सम्बाददाता नवीन कर्ण, न्यु सृष्टि दैनिकका प्रशासक/सम्पादक शंकर खरेल र हिन्दुस्तान टाइम्सका जोगबनी सम्बाददाता बरुण मिश्रालाई सम्मान गरिएको छ । 

null

उनीहरुलाई नेपाल भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष महेन्द्रराय यादवले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । यस्तै नेपाल भारत संस्कृति मञ्चका राजेश शर्मा, कोशी विद्यामन्दिरका राजेश दास, मदर टेरेसा स्कुलका अजयकुमार यादव र कौमी एकता समाजका इर्साद अन्सारीलाई समेत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुलले जानकारी दिए । सो क्रममा योगप्रशिक्षक सरोज नेपाल र अनिता पोखरेललाई समेत सम्मान गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *