प्रदेश नं. १ का ३ स्थानिय तह अझै बैंक विहिन

 

असार ९, विराटनगर । सरकारले सवै स्थानिय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुर्याउने लक्ष्य लिएपनि व्यवहारमा भने कार्यान्वय भएको पाईएको छैन । सरकारको नीति अनुरुप बैंक र वित्तिय संस्थाहरु स्थानिय तह सम्म पुग्न नसक्दा सेवाग्राहीहरु मारमा पर्दै आएका छन् । 

राज्यको पुर्नसंरचना पश्चात स्थानिय तहहरु गठन भइसके लगतै राष्ट्र बैंकले सवै कमर्सियल बैंकहरुलाई सवै स्थानिय तहमा जानका लागि निर्देशन दिईसकेको र कुन-कुन बैंकहरुले कुन-कुन स्थानिय तहमा बैंकिङ सेवा पुर्याउने झण्डै ३ वर्ष अघिनै तय भएको हो । 

null

तर पनि हाल सम्म प्रदेशका सवै स्थानिय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुग्न सकेको छैन । प्रदेश नं. १ का ३ स्थानिय तह अझैँ बैक विहिन अवस्थामा रहेका छन् । 

सो प्रदेशका कुल १३७ स्थानिय तह मध्ये आर्थिक वर्ष २०७५/०७६ को जेठ मसान्त सम्ममा १ सय ३४ स्थानीय तहमा माब बैंक तथा वित्तिय संस्थाहरु पुगेको राष्ट्रबैंक विराटनगरले जनाएको छ । 

 

प्रदेश १ का मिक्ला खोला गाउँपालिका, मिरिङदेन र चिसंखुगढी गाउँपालिकामा बैंकका शाखा पुग्न नसकेका हुन् । नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक इश्वर कटुवालले बैंक तथा वित्तिय संस्थाहरु अहिले खोलिने अवस्थामा रहेको र अझ पनि बढिरहेकाले निकट भविष्यमा सवै स्थानिय तहमा बैंक तथा वित्तिय संस्थाहरु पुगि सक्ने दावी गरे । 

उनले भने ‘ एक त बैंक तथा वित्तिय संस्थाहरु खोलिने क्रममा छन् । अझै पनि यो बढ्दै नै छ । केही समयभित्रै फुलफिल होला । तर अहिले सम्म बैंक तथा वित्तिय संस्थाहरु पुग्न नसक्नुको कारण वित्तिय पूर्वाधारको कमीले हो ।’ 

उनले राष्ट्र बैंकले बैंकर्सहरुलाई सवै स्थानीय तहमा अनिवार्य पुग्न निर्देशन दिएको भएपनि सुरक्षा र पूर्वाधारका अभावले तिन स्थानीय तहमा पुग्न गाह्रो भएको हुन सक्ने अनुमान गरे । 

उनले भने ‘बैंकहरु पनि पुग्न त उत्साहीत देखिएको छ । बैंक भनेको आर्थिक कारोवार हुने ठाउँ हो , त्यसका लागि पूर्वाधार, विजुली, इन्टरनेट र प्रयाप्त सुरक्षा व्यवस्था हुनुपर्छ । सायद यहि कारणले ति तिनवटा जिललामा पुग्न कठिनाइ भएको हुन सक्छ । 

सवै स्थानिय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुग्न नसकेको स्वीकार गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले भने ‘अधिकांश तहहरुमा बैंक विस्तार भईसकेको छ । तर हाम्रो प्रदेशको कतिपय स्थानिय तहमा बैंकका शाखाहरु पुग्न सकेका छैनन् । यस प्रदेशमा विकट पहाडी जिल्लाहरु छन् । यसका लागि प्रदेश सरकारले पुर्वाधार तयार गरेर बाँकी स्थानीय तहमा पनि अब चाँडै बैंकका शाखाहरु पुग्नेछन् ।’  

कुन जिल्लाका कति स्थानीय तहमा बाणिजय बैंकहरुको उपस्थिती जेठ मसान्त सम्म प्रदेश १ का १३७ स्थानीय तह मध्ये १३४ स्थानीय तहमा बाणिज्य बैंकहरु पुगि सकेका छन् । जस मध्ये ९ स्थानीय तह रहेको ताप्लेजुङ जिल्लामा क बर्गका ७ वटा, ८ स्थानीय तह रहेको पाँचथरमा सोही संख्यामा क बर्गका बैंकहरुको उपस्थिती रहेको छ । 

त्यसैगरी १० स्थानीय तह रहेको इलामका सवै स्थानीय तह, १५ स्थानीय तह रहेको झापाका सवै, १७ स्थानीय तह रहेको मोरङका सवै स्थानीय तहमा क बर्गका बैंकको उपस्थिती रहेका छन् । 

त्यस्तै १२ स्थानीय तह रहेको सुनसरीका सवै, ७ स्थानीय तह रहेको धनकुटाका सवै, ६ स्थानीय तह रहेको तेह्रथुमका सवै, ९ स्थानीय तह रहेको भोजपुरका सवै स्थानीय तहमा बाणिज्य बैंकहरु पुगि सकेको राष्ट्रबैंक विराटनगरका उप–निर्देशक इश्वर कटुवालले जानकारी दिए । 

एनका अनुसार १० स्थानीय तह रहेको संखुवसभाका सवै, ८ स्थानीय तह रहेको उदयपुरका सवै, ८ स्थानीय तह रहेको ओखलढुंगाका ७, १० वटा स्थानीय तह रहेको खोटाङका सवै र ८ वटै स्थानीय तह रहेको सोलुखुम्बुका सवै स्थानीय तहमा बाणिज्य बैंकहरुको उपस्थिती रहेको छ । प्रदेश १ का कुन जिल्लामा कति बैंक तथा वित्तिय संस्था ? 

नेपाल राष्ट्र बैंक विराटनगरको तथ्यांक अनुसार प्रदेश नम्बर १ का १४ जिल्लामा आर्थिक वर्ष ०७५/०७६ को जेठ मसान्त सम्मा ५ सय ५४ वाणिज्य बैंक, १ सय ६६ विकास बैंक, ३९ वित्तिय कम्पनीका शाखाहरु रहेका छन् । 

यस प्रदेशको कुल जनसंख्य ४८ लाख १० हजार ७ सय रहेकोमा ति प्रत्येक शाखाहरुले ६ हजार ३ सय ३८ जनतालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् ।  

प्रदेश नं. १ को ताप्लेजुङ जिल्लामा क बर्गका १६ र ख वर्गका १ बैंक तथा वित्तिय संस्थाहरुको शाखा सञ्चालनमा रहेका छन् । कुल १ लाख २९ हजार ९ सय जनसंख्या रहेको सो जिल्लामा ति संस्थाका प्रत्येक शाखाले ७ हजार ४ सय ९८ जनालाई बैंक तथा वित्तिय सेवा पुर्याईरहेका छन् । 

त्यसै गरि पाँचथरमा क वर्गका २१, ख वर्गका ३ र ग वर्गका २ बैंक तथा वित्तिय संस्थाका प्रति शाखाले जिल्लाको कुल जनसंख्या १ ला ९५ हजार ७ सय मध्ये ७ हजार ३ सय ७८ जनालाई सेवा प्रवाह गरिरहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, इलाममा क वर्गका ३०, ख वर्गका १० र ग वर्गका २ बैंक तथा वित्तिय संस्थाका शाखाहरुले जिल्लाको कुल जन संख्या ७ लाख ५ हजार रहेकामा प्रति शाखाले ६ हजार ९ सय ११ जनालाई बैंक तथा वित्तिय सेवा पुर्याईरहेका छन् । 

त्यसैगरी ८ लाख ८८ हजार ५ सय ६१ जनसंख्या रहेको झापामा क वर्गका १ सय ७, ख वर्गका ५३ र ग वर्गका ९ बैंक तथा वित्तिय संस्थाका प्रत्येक शाखाले ४ हजार ८ सय ९ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् । 

१ लाख ५७ हजार ३ सय ४२ जनसंख्या रहेको संखुवासभामा क वर्गका २५ बैंकहरुका प्रति शाखाले ६ हजार ३ सय ५० जनालाई बैंक तथा वित्तिय सेवा दिइरहेका छन् ।  

१ लाख ६५ हजार ७ सय ५४ जनसंख्या रहेको भोजपुरमा क वर्गका २३ र ग वर्गको १ संस्थाले ७ हजार ६ सय २ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेको जनाईएको छ । 

त्यसैगरी १ लाख १ हजार ३६ जनसंख्या रहेको तेह्रथुममा क वर्गका १५ र ख वर्गका ३ बैंक तथा वित्तिय संस्थाका प्रतीशाखाले ५ हजार ६ सय ४३ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै १ लाख ६८ हजार ८ सय ७३ जनसंख्या रहेको धनकुटामा क वर्गका १९, ख वर्गका ६ र ग वर्गका २ बैंक तथा वित्तिय संस्थाका प्रत्येक शाखाले ६ हजार ५२ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् ।  

प्रदेश १ मा सबैभन्दा बढी अर्थात १० लाख ५१ हजार २ सय ४ जनसंख्या भएको मोरङमा क वर्गका १ सय २४ , ख वर्गका ४८, ग वर्गका ११ बैंक तथा वित्तिय संस्थाका प्रत्येक शाखाले ५ हजार २ सय ७५ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् । 

त्यस्तै ८ लाख ६२ हजार ७ सय ३१ जनसंख्या भएको सुनसरीमा क वर्गका ९४, ख वर्गका २८ र ग वर्गका ११ बैंक तथा वित्तिय संस्थाका प्रत्येक शाखाले ५ हजार ७ सय ४१ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् भने १ लाख ३ हजार ८ सय ७७ जनसंख्या रहेको सोलुखुम्बुमा क वर्गका १९ बैंक तथा वित्तिय संस्थाका प्रत्येक शाखाले ५ हजार ५ सय ७३ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् । 

१ लाख ८६ हजार ६ जनसंख्या रहेको खोटाङमा क वर्गका १४ र ख वर्गका ४ बैंक तथा वित्तिय संस्थाका प्रत्येक शाखाले १० हजार ३ सय १६ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् । 

त्यस्तै ओखलढुङ्गामा १ लाख ५० हजार ६ सय ९५ जनसंख्या रहेको छ भने त्यहाँ १६ वटा क वर्गका र ५ वटा ख बैंक तथा वित्तिय संस्थाका प्रत्येक शाखाले ७ हजार ४७ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् भने ३ लाख ४३ हजार ५ सय ५५ जनसंख्या रहेको उदयपुरमा क वर्गका ३१, ख वर्गका ५ र ग वर्गको १ वटा संस्था प्रति शाखाले ९ हजार ७२ जनालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् । 

यसरी हेर्दा सवै भन्दा प्रतीशाखा ४ हजार ८ सय ९ जनाले सेवा पाउने झापा वित्तिय पहुँचको दृष्टिले सवैधन्दा बढी छ भने सवै भन्दा कम वित्तिय पहुँच खोटाङमा देखिएको छ । 

राष्ट्र बैंक नै संघिय संरचनामा प्रवेश गरेको छैन त्यसो त सवै बैंक तथा वित्तिय संस्थाहरुलाई राज्य पुनर संरचना पश्चात सवै स्थानिय तहमा शाखा विस्तार गर्न निर्देशन जारी गर्ने राष्ट्र बैंक नै संघिय संरचनाको ढाँचामा जान नसकेको पाईएको छ ।  

राज्य संघिय संरचना गइ सकेपनि राष्ट्र बैंक पुरानै संरचनामा रहेको छ । तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रका ९ जिल्ला हेर्ने विराटनगर स्थित राष्ट्र बैंक कार्यालयले प्रादेशिक संरचनामा पनि प्रदेश १ का ८ र २ नम्बर प्रदेशको १ जिल्लाको आर्थिक गतिविधी हेर्ने गरेको छ । 

सो कार्यालयले प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, धनकुटा, मोरङ, सुनसरी र प्रदेश २ को सप्तरी जिल्लाको आर्थिक गतिविधी हेर्ने गरेको राष्ट्र बैंक विराटनगरका उप–निर्देशक कटुवालले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *