इन्सपेक्टरलाई पाँच सय घुस दिन खोज्ने सुमो चालक पक्राउ

 

जेठ २९, काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने एक जना कोटेश्वरबाट पक्राउ परेका छन् । 

महानगरीय ट्राफिक प्रहरी प्रभाग प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने से१ज ४८४ नम्बरको टाटा सुमो चालक ३९ वर्षीय आशाराम चौधरी पक्राउ पक्राउ परेका हुन् । उनलाई बुधबार महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको हो । 

null

अव्यवस्थित ठाउँमा लापरबाही तरिकाले गाडी पार्किङ गरेका उनले ट्राफिक प्रहरीले कागजपत्र माग्दा प्रभाग प्रमुख इन्सपेक्टर ठाकुरलाई ५ सय घुस दिएका थिए । 

एक हप्ता अगाडि मात्रै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख बनेर आएका इन्सपेक्टर सुरेश कुमार ठाकुरले घुस दिन खोजेपछि चालक चौधरीलाई नियन्त्रणमा लिएर सिभिल प्रहरीलाई बुझाएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *