एसईईको नतिजा आज सम्भव छैनः राष्ट्रिय परीक्षा बोर्ड

 

असार ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिइएको एसईईको परीक्षाफल आज (बुधबार) प्रकाशन गर्न सम्भव नभएको स्पष्ट पारेको छ । 

विभिन्न सञ्चार माध्यमहरुमा आज नतिजा सार्वजनिक हुने कुरा आइरहँदा बोर्डले यसै साताभित्र प्रकाशन गर्ने तयारी भइरहेको तर आज नतिजा सार्वजनिक हुने सम्भावना नरहेको जनाएको छ । 

null

बोर्डका अनुसार गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएको थियो । यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही ढिलो भएको हो । 

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए । 

परीक्षामा सबैभन्दा बढी प्रदेश ३ बाट एक लाख ६ सय २ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी भएका थिए। 

परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *