आजबाट नेपाली स्याटलाइटले पृथ्वीको परिक्रमा थाल्यो

काठमाडौं, ३ असार । नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गरेको छ । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

 

जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको परिक्रमा गरेको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *