प्रधानमन्त्रीको युरोप भ्रमण बहसः ‘ईण्डोप्यासिफिक रिजनमा छौं, स्ट्राटेजीमा नजाउँ’

 

काठमाडौं, २४ जेठ । भोलिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको हुन गइरहेको युरोप भ्रमण द्विपक्षीय महत्वका विषयमा केन्द्रीत हुनुपर्ने तथा नेपालको महत्व विश्व केन्द्रित हुनुपर्ने बताएका छन् । आज शुक्रबार राजधानीमा आयोजित सात्क्षात्कार कार्यक्रममा बोल्दै वक्ताहरुले उक्त कुरा बताएका हुन् । 

सात्क्षत्कारमा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले प्रधानमन्त्रीको भोलिबाट सुरु हुने साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने स्पष्ट पारे । ‘हाम्रो विकासलाई पुँजी, प्रविधि र ज्ञानको आवश्यकत्ता छ, सोहीअनुसार सहयोग लिनको लागि पनि यो भ्रमण फलदायी हुनेछ ।’ उनले भने । 

null

डा। भट्टराईले बेलायत, स्वीट्जरल्याण्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राखेर भ्रमण हुने स्पष्ट पारे । उनले भ्रमणको दौरान द्धिपक्षीय विषयमा पनि छलफल हुने विश्वास दिलाए । भ्रमणको क्रममा नेपालले लामो राजनीतिक संक्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले राख्ने पनि उनले जनाए । 

भट्टराईले ब्रिटिश गोर्खासम्बन्धी समस्याको बारेमा नेपालले आफ्नो राष्ट्रिय अडान र मान्यतालाई कायम राख्दै अघि बढ्नेपनि जनाए । ‘बेलायतसँगको हाम्रो सम्बन्ध १९४७ को सन्धिले गाईड गरेपनि यसमा तलमाथि हुँदैन । तर, यस सम्बन्धमा छलफल चल्न सक्छ । आ–आफ्नो ओपिनिएन राख्न सकिन्छ ।’ 

उनकाअनुसार प्रधानमन्त्री ओली जेनेभास्थित आई।एल।ओको सय वर्ष पुगेको अवसरमा आयोजित शतवार्षिकी कार्यक्रममा चौथो वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ ४० राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहनेछ । 

त्यस्तै, प्रधानमन्त्रीको बेलायत भ्रमण अक्सफोर्ड विश्विद्यालयमा सम्बोधन गरेर औपचारिक रुपमा सुरु हुनेपनि उनले जानकारी दिए । पेरिसमा पनि विभिन्न उच्च तहका भेटवार्ता हुने र नेपाली समूदायसँगपनि भेटवार्ता हुने कार्यक्रम तय भएको छ । 

ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपाल सहभागी हुन लागेको विषयमा सरकारले संयु्क्त राष्ट्रको वडापत्र, पञ्चशीलको सिद्वान्त, असंलग्न परराष्ट्र नीति, परस्परिक लाभ र राष्ट्रिय स्वार्थका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने बताए । उनले भने, ‘हामी राष्ट्रिय हितको आधारमा निर्णय लिन्छौं ।’ ईण्डो–प्यासिफिक स्ट्राटेजीबारे नेपालमा चर्चा सुरु भएको सुनाउँदै उनले यस सम्बन्धमा संसद, मिडिया र विज्ञहरुसँग छलफल हुने जिकिर गरे । 

कार्यक्रममा बोल्दै बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्री ओलीले विदेश भ्रमण गर्दा द्धिपक्षीय सम्बन्ध, ट्रेड, कमर्स, कल्चरलाई कति महत्व दिईन्छ त्यसमा ध्यान दिनुपर्ने बताए । 

चालिसेले प्रधानमन्त्रीको भ्रमणको अघिल्लो दिनसम्मपनि भ्रमणको एजेण्डा सार्वजनिक नगरिएको बताउँदै आजको सन्दर्भमा गैरआवासीय नेपाली संघलाई रणनीतिक स्रोतको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए । ‘अब गैरआवासीय नेपालीहरुलाई सरकारी तहमा जोड्नुपर्छ । एनआरएनहरुले सेतुको रुपमा काम गर्दै आएका छन् ।’ 

उनले नेपालको टिआरसी कस्तो हुन्छ ? भन्नेबारे पश्चिमाहरुको चासोको विषय रहेको पनि सुनाए । ‘यस्तो अवस्थामा भ्रमणमा जाँदा गृहकार्य गरेर जाँदा नै राम्रो हुन्छ । हिजोमात्रै नेपालका लागि अष्ट्रेलियाका राजदुतले पनि टिआरसीबारे आफ्नो धारणा राखिसकेका छन् ।’ 

उनले नेपालले आफ्नो स्ट्राटेजी अटोनोमी बनाउनुपर्ने जोड दिए । ‘नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर आफ्नो विदेश सम्बन्ध अघि बढाउनुपर्छ ।’ उनले भने । 

यता परराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले पछिल्लो समय नेपाल विश्वको प्राथमिकतामा पर्न थालेको र नेपालको वैदेशिक सम्बन्ध बेलायतसँगको सम्बन्धबाट नै सुरु भएको बताउँदै नेपाल–बेलायत सम्बन्ध महत्वपूर्ण रहेको औल्याए । ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको जन्म नै बेलायतसँगको दौत्य सम्बन्धबाट सुरु भएको हो । बेलायती महारानी एलिजावेथले दुई पटक नेपाल भ्रमण गर्नुभएको थियो । राजकुमार चाल्र्स पनि पटक पटक नेपाल आउनुभयो । ह्यारी पनि आएर जानुभयो । राजकुमारी डायनापनि नेपाल आउनुभएको थियो । बेलायतसँग नेपालको लामो ईतिहास छ ।’ यद्धपी बेलायती प्रधानमन्त्रीको तहबाट अहिलेसम्म कोही पनि नेपाल भ्रमणमा नआएको भन्दै उनले भने,‘दुर्भाग्य अहिलेसम्म एक जना बेलायती प्रधानमन्त्रीले पनि नेपाल भ्रमण गरेका छैनन् ।’ 

नेपालको व्यापार र भुकम्पपछिको पूर्ननिर्माणमा बेलायतले ठूलो सहयोग गरेको पनि उनले जनाए । त्यस्तै, प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्धमा बेलायतको पक्षमा लडेका ब्रिटिश गोरखाको बारेमा पनि बोल्दै उनीहरुको समस्याको सरकारले पहल गर्नुपर्ने बताए । 

फ्रान्ससँगको सम्बन्धको विषयमा प्रधानमन्त्रीले खुलेर कुराकानी गर्ने उनको अपेक्षा छ । त्यस्तै, नेपाल युनेस्कोको पनि सदस्य भएकोले यसलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । ईण्डो प्यासिफिक रिजन र ईण्डो प्यासिफिक स्टा«टेजी दुवै फरक विषय भएको उनको भनाई छ । ‘ईण्डोप्यासिफिक रिजन पहिले एशिया प्यासिफिक नामले थियो । पछि अमेरिकाले ईण्डो प्यासिफिक बनायो । हामी रिजन अन्तर्गत छौं । तर, हामी स्टा«टेजी अन्तर्गत छैनौं ।’ उनले नाम परिवर्तन गर्दैमा केही फरक नपर्ने पनि सुनाए । उनले भने,‘नेपाल ईण्डो प्यासिफिक रिजनमा आउनैपर्छ । तर, स्ट्राटेजीमा जाँदा समस्यामा पर्छ ।’ 

नेपाल चीनको बिआरआईमा हस्ताक्षर राष्ट्र भएकोले नेपालले चीन, भारत र अमेरिका चासो र स्वार्थमा चनाखो हुनुपर्ने उनको सुझाव छ । अक्सफोर्ड विश्वविद्यालयमा हुने प्रधानमन्त्रीको ‘टक–प्रोगाम’ आफैंमा महत्वपूर्ण रहेको पनि पाण्डेले जनाए । त्यस्तै, फ्रान्ससँग महत्वपूर्ण सम्झौता हुन लागेको छ भनेर सुन्नमा आएपनि यसबारेमा एकिन नभएकोले केही भन्न नसिकने उनले स्पष्ट पारे । 

नेपालमा अब राजनीतिक रुपमा पनि स्थायित्व छ भन्ने सन्देश दिनको लागि पनि प्रधानमन्त्रीको विदेश भ्रमण फलदायी हुने बताउँदै भ्रमणको दौरान नेपालले अधिकतम लाभ हाँसिल गर्ने विषयमा ध्यान पुर्याउनुपर्ने उनको सुझाव छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *