बुढिराप्तीको मध्यवर्तीको बजेट ८० लाख


जेठ ३२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत रहेको बुढिराप्ती मध्यवर्ती उपभोक्ता समितिले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि निति, कार्यक्रम सहित अनुमानित बजेट सार्वजनिक गरेको छ ।
समितिको शनिबार सम्पन्न समुहहरुका अध्यक्ष र सचिवहरुको भेलाले आगामी कार्यक्रम र बजेट ल्याएको हो ।
null
भेलाले निकुञ्ज र वस्तीको सिमानामा कंक्रिट बाल निर्माणलाई प्राथमिकता दिएको छ । कंक्रिटवाल निर्माणका लागि संस्थाको आन्तरिक आम्दानी तर्फ १४ लाख १० र निकुञ्जबाट १२ लाख आम्दानी हुने अनुमान गरिएको समितिका अध्यक्ष नारायण दत्त तिमल्सिनाले जानकारी दिए ।
समितिले निकुञ्जबाट ३२ लाख र समितिको आन्तरीक श्रोतबाट ४७ लाख रुपैया गरी कुल ७९ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष झैँ आगामी आर्थिक वर्षमा पनि पहिलेकै कार्यक्रम ल्याइएको छ ।
अध्यक्ष तिमल्सीनाका अनुसार थारु संस्कृति उत्थान,दराई सामुदायिक भवनको स्तर उन्नती, आयआर्जन तथा सीप विकास कार्यक्रम अन्तर्गत ब्यूटिसियन तालिम, अपाङगताका लागि सीप विकास तालिम, पशु उपचार कार्यक्रम, नेचर गाइड तालिम, नेतृत्व विकास तालिम, संरक्षण सम्बन्धी विद्यालय स्तरीय कार्यक्रमका लागि बजेट विनियोजन गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
निकुञ्जबाट आउने बजेटबाट खानेपानी जडान,गोवर ग्यास प्लान्ट निर्माण,नेचर गाइडतालिम सहितको नीति तथा कार्यक्रम ल्याइएको छ ।
वडा नं १२ का वडाध्यक्ष टीकाराम तिमल्सिनाको प्रमुख अतिथ्यता एवम् समितिका अध्यक्ष तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
भेलाले आर्थिक बर्ष २०७२/७३ र २०७३/७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको समितिका कार्यालय सचिव गोविन्द दरैले जानकारी दिए ।
