वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई चेतावनी

 

जेठ २०, काठमाडौँ । सरकारलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो सम्पूर्ण मागहरु सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 

आगामी ३ महिना भित्र सम्म आफ्नो सम्पूर्ण मागहरु सम्बोधन नगरे सरकार विरुद्ध कडा आन्दोलनमा उत्रिन बाध्य हुने भनेर यस संघका अध्यक्ष रोहन गुरुङले चेतावनी दिएका छन् । 

null

‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे कडा आन्दोलनमा उत्रिनु बाध्य हुने त्यसै कार्यक्रम अन्तरगत सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष गुरुङले जानकारी गराएका हुन् । 

आफ्नो मागलाई पुरा गर्न सरकारलाई दवाव दिन यस संघले गत जेठ १७ गतेबाट २३ गतेसम्म वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान समेत रोक लगाएको छ । 

अध्यक्ष गुरुङले वार्षिक ५ लाखभन्दा बढि नेपाली युवाहरुलाई वैदेशिक रोजगार दिलाएता गरेपनि सरकारले आफूहरुको कामको सम्मान नगरी वेवास्था गरेको समेत आरोप लगाएका छन् । 

सरकारले मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको, धरौटीमा राखिएको आफ्ना पैसाको ब्याज नदिएको तथा वैदेशिक रोजगार कम्पनीहरु मर्ज गर्दा सुविधा दिनुपर्ने मागहरु बेवास्ता गरेपछि सरकार विरुद्ध आन्दोलनमा उत्रनु बाध्य भएको समेत प्रस्टाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *