‘बुढीगण्डकी गेजुवालाई दिइएको छैन, कुरा मात्रै भएको हो’

 

असार ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना गेजुवालाई नदिइएको जानकारी दिएका छन् । 

सोमबारको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री पुनले सो कुरा जानकारी गराएका हुन् । 

null

संसदमा उनले भने, ‘विना प्रतिस्पर्धा चिनीयाँ कम्पनीलाई आयोजना दिन लागिएको भन्ने विषयहरु बाहिर आएका छन्। उक्त कम्पनीसँग वार्ता गरी आयोजना विकासको खाका तयार गर्न मात्र मन्त्रालयलाई अख्तियारी दिइएको हो । छलफल भएकोे हो तर ठेक्का दिइसकिएको छैन ।’ 

केही समयअघि १२ सय मेगावाट उत्पादन क्षमता रहेको बुढीगण्डकी जलविद्युत आयोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) लाई दिइएको समाचारहरु प्रकाशित भएका थिए । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विरोध गरेको थियो । 

ऊर्जामन्त्री पुनले भने यो विषयमा सत्यता नभएको स्पष्टीकरण दिए । यथाशीघ्र उपयुक्त मोडलको छनोट गरी आयोजनाको निर्माण अगाडि बढाइने पनि उनले जानकारी गराए । 

आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १ सय १ सय ५३ रोपनी जग्गामध्ये ४२ हजार ४ सय ५३ रोपनी जग्गाको मुआब्जा वितरण भइकेको र आगामी आर्थिक वर्षभित्रै सबै डुबान क्षेत्रको मुआब्जा वितरण तथा पुनर्बास पुनस्र्थापना लगायतका काम सकिने उनले बताए । 

उनले राष्ट्रिय गौरवका आयोजनालाई राष्ट्रिय हितमा नै प्रयोग गर्ने पनि स्पष्ट पारे। हाल पिक आवरमा भारतबाट ५ सय मेगावाट विद्युत् आयात भईरहेको भएपनि नेपालले आगामी बर्ष देखिनै विद्युत् निर्यात गर्ने र ५ बर्ष पछि पुर्ण रुपमा निर्यात मात्रै गर्ने मुलुकको रुपमा स्थापित हुने उनकाे दाबी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =