डिप्लोमा तह पढ्न विदेश जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन रोक लगाएकोमा सर्वोच्च द्वारा अन्तरिम आदेश

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई दिने नो अब्जेक्सन लेटर बन्द गरेर विद्यार्थीको अधिकार नै हनन गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश दिएको छ । 

सरकारले कक्षा १० पछी डिप्लोमा कोर्स गर्न विदेश जान चाहने विद्यार्थीलाई रोक लगाएकोमा अभिवक्ता रामदत्त ओझाले दायर गरेको रिट उपर अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सुचनाको विरुद्ध असार ३ गते ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए । 

 

null

सर्वोच्च अदालतका न्यायाधिश सुस्मालता माथेमाले हिजो अन्तरिम आदेश जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ २९ गते जारी गरेको सुचना कार्यान्वयन नगर्न तथा छलफलका लागि आउन अन्तरिम आदेश जारी गरेका छन् । 

सर्वोच्चले ओझाले अन्तरिम आदेश माग गरेकोले दुवै पक्षको छलफल र अन्य आदेश देखिएकोले असार ८ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । सर्वोच्चले तत्कालका लागि जेठ २९ गते जारी भएको सुचना कार्यान्वयन नगर्नु भनेसँगै उच्च शिक्षाका लागि एनओसी लिनबाट बञ्चित विद्यार्थीलाई राहत भएको रिट निवेदक अधिवक्ता रामदत्त ओझाले बताए । 

‘यो सुचनाले विद्यार्थीको पढ्न पाउने मौलिक हक माथि हस्तक्षेप भएको छ । नागरिकको मौलिक–हक, बालबालिका सम्बन्धि हक, समानताको हकलाई मध्यनजर गरेर रिट दायर गरिएको हो ।’ अभिवक्ता ओझाले मकालु खबरसँग भने–‘संविधान कानुन उलंघन गरेकोले बदर गरीपाउँ भनेर रिट दायर गरेको हो ।’ 

उनले उच्च (शिक्षा, माध्यामिक) शिक्षा, +२ लगायत कक्षा १० सम्म तथा कक्षा १२ सम्मको शिक्षा ग्रेडलाई अस्पस्ट हुनेगरी सुचना निकालिएको जिकिर गरे । ओझाले सुचनाले ब्रिजकोर्ष, भाषा तथा डिप्लोमा तह अध्ययन गर्न चाहने विद्यार्थीहरुको अधिकार कुण्ठित भएको समेत दावि गरे । 

सरकारले कक्षा १० पछी डिप्लोमा कोर्स गर्न विदेश जान चाहने विद्यार्थीलाई रोक लगाएको प्रति सरोकारवालाहरुले समेत यस अघि नै आपत्ति जनाएका थिए । नेपाल शैक्षिक परामर्श संघले पनि मन्त्रालयका केहि अधिकारीहरु ब्यक्तिगत स्वार्थमा परेर हचुवाको तालमा नो अब्जेक्सन लेटरमा रोक लगाएको भन्दै सुचना खारेज गर्न भनेका थिए । 

एसइई परीक्षाको नतिजा प्रकाशनको दिन नजिकिँदै जाँदा मन्त्रालयले सूचना प्रकाशन गरी कक्षा १० पास गरेका विद्यार्थीहरुलाई विदेशमा डिप्लोमा तहमा जान नो अब्जेक्सन लेटरमा रोक लगाएको थियो । त्यसपछि शिक्षा मन्त्रालयमा नो अब्जेक्सन लेटरका लागि आवेदन दिएका हज्जारौं विद्यार्थीलाई समेत असर थियो । कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरिसकेको अवस्थामा उच्चशिक्षा अध्ययनको न्यूतम योग्यता कक्षा १२ पास वा सो सरहका उत्तीर्ण विद्यार्थीहरु मात्र विदेशी विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा हासिल गर्न मात्र नो अब्जेक्सन लेटर दिने सूचना प्रकाशित गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =