चौथो देव दर्शन ब्याडमिन्टन कपको उपाधी महर्जनको जोडीलाई 

 

असार ३, काठमाडौं । चौथो देव दर्शन ब्याडमिन्टन कप प्रतियोगिता २०७६ सम्पन्न भएको छ । 

प्रतियोगितामा ५८ टिमका ११६ जनालाई उछिन्दै प्रमोद महर्जन र सुमन महर्जनको जोडीले प्रथम स्थान हासिल गरेका हुन् । ‘‘मित्रता तथा सहिष्णुताको लागि खेलकुदू’’ भने नाराका साथ सुरु भएको प्रतियोगितामा राजकुमार पोखरेल र सविन श्रेष्ठको जोडी दोश्रो स्थान हासिल गर्न सफल भयो । 

null

 

त्यस्तै तृतिय स्थान हासिल गर्नेमा किर्तिपुरका राजमान महर्जन र चन्दन महर्जन र अर्का तृतिय स्थान हासिल गर्न दिप्रीस मुनी बज्रचार्य र सन्तोश श्रेष्ठको जोडी सफल भए । 

विजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, ब्याडमिन्टनका ३ नम्बर प्रदेशका खेलाडी दिपेश धामी संस्थाका अध्यक्ष राम नारायण घिमिरे र कार्यक्रमका संयोजक बसन्त महर्जनले पुरस्कृत गरेका हुन । 

 

खुला ब्याडमिन्टन प्रतियोगिता प्रथम हुने जोडी ले प्रमाण पत्र, ट्रफीको साथमा नगद ३० हजार पुरस्कार पाउने पाए । दोश्रो हुने जोडीले रू २० हजार र तेस्रो हुने जोडीले ५, ५ हजार नगद सहित ट्रफी पाएका हुन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *