पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडक अवरुद्ध
२०७६ जेठ २४ गते

चितवन, २४ जेठ । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा परेका छन् ।
२०७६ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








