सिआईबी टोली भन्दै बस लुटपाट गर्ने सात पक्राउ

 

जेठ २०, बीरगञ्ज । बारा प्रहरीले गत शुक्रबार सिआईबी टोली भन्दै  यात्रुबाहक बस लुटपाट गर्ने समूहको सात गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेका छन् । 

उनीहरुले बाराको पथलैया निजगढ सडकखण्डमा काठमाडौँ जाँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान रोकी बसका सहचालक सञ्जय कुमार उपाध्यायसँग ४५ हजार नगद र एक थान मोबाईल लुटेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न संघर्ष थिङलाई भने प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएका थिए । 

null

पक्राउ पर्नेमा अन्यमा रौतहटको गुजरामाई नगरपालिका–२ का ज्ञानबहादुर थिङ, सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का दिलकुमार दोङ्ग, सोही नगरको वडा नम्बर ८ का विजय लामा, सिन्धुलीको हरिहरपुर गाउँपालिका ७ का टाइगर भनिने सुनिल तामाङ, सिन्धुलीकै मरीन गाउँपालिका ५ घर भई हाल निजगढ नगरपालिका ११ बस्दै आएका संघर्ष थिङ, महोत्तरीको बगडा नगरपालिका ५ घर भई बर्दिबास नगरपालिका २१ का रमेश कुमार यादव र काभ्रेको महाभारत गाउँपालिका २ का विशाल पाख्रिन रहेको प्रहरीले जनाएको छ । 

उनीहरुले लुटपाटमा बा ७ च ४८७६ नम्बरको रातो स्कारपीओ गाडी, ज १२ प ४६८० र बा ८६ प ९७७१ नम्बरको मोटरसाईकल प्रयोग गरेको प्रहरी ले जानकारी दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *