जासुसीको आरोप लागेका इजिप्टका पूर्व राष्ट्रपतिको अदालतमै निधन

२०७६ असार ३ गते

असार ३, काठमाडौं । इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ ।
पूर्व राष्ट्रपति मुर्सीको अदालत परिसरभित्रै निधन भएको हो । उनलाई सन् २०१३ मा सेनाले सत्ताबाट अपदस्थ गरेका थिए ।
null
बीबीसीका अनुसार अदालतको कारवाहीपछि उनी बेहोस भएका थिए र त्यहीँ उनको मृत्यु भएको हो । उनी ६७ वर्षका थिए । उनीमाथि जासुसीको आरोप थियो ।
उनको एक वर्षको कार्यकालपछि जनआन्दोलन सुरु भएको थियो । त्यसपछि उनलाई हिरासतमा लिइएको थियो ।

२०७६ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित