रिहा भए कमेडियन प्रनेश

 

जेठ ३१, काठमाडौं । कमेडियन तथा मिम नेपालका सञ्चालक प्रनेश गौतम रिहा भएका छन् । 

युट्युबमा चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा गरेको आरोपमा पक्राउ परेका प्रनेश बिहीबार रिहा भएका हुन् । 

null

गौतमलाई हाजिरी जमानीमा रिहा गरिएको हो । 

अपराध महाशाखाले मिसिल परिसरलाई बुझाएको थियो । परिसरले सरकारी वकिल मार्फत शुक्रबार आदालतमा मुद्दा दायर गर्दैछ । त्यसपछि थप प्रक्रिया सुरु हुने जनाइएको छ । 

प्रनेशको अबको प्रक्रिया सरकारी वकिल मार्फत हुनेछ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा आए पनि मुद्दा चल्ने–नचल्ने निर्णय हुन बाँकी छ। 

चलचित्रका निर्देशक मिलन चाम्लिङ राई (मिलन चाम्स) ले प्रनेशले चलचित्र व्यवसायमा घाटा पुर्याउने गरी झुठा प्रचार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले साइबर अपराधको अभियोगमा उनलाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *