‘करार भर्ना बन्द गर, राज्य व्यवस्था समिति खारेज गर’

 

जेठ ३०, काठमाडौं । लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनविरुद्ध बिहीबार लोकसेवाका तयारी गरिरहेकका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्दशनविरुद्ध विद्यार्थीहरुले आज माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 

null

 

आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने नियतले लोक सेवाको प्रक्रिया रोक्न खोजेको उनीहरुको आरोप छ । 

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ‘विद्यार्थी एकता जिन्दावाद, करार भर्ना बन्द गर, राज्य व्यवस्था समिति खारेज गर, लोकसेवा आयोगको विश्वसनीयता कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *