बसन्तरपुरमा गुठी विधेयकको विरोधमा बिभिन्न नारा लगाई प्रदर्शन

 

जेठ ३२, काठमाडौँ । शनिबार काठमाडौंको बसन्तपुरमा गुठी विधेयकको विरोधमा प्रर्दशन भएको छ । 

ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा आज शनिबार बसन्तपुर दरबार क्षेत्रमा विरोध प्रर्दशन भएको हो । 

null

ज्यापू महागुठी र्अन्तगत गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्याली न्यूरोड, जैसीदेवलका स्थान हुँदै बसन्तपुर मा पुगेर कोणसभा बसेका थिए ।  

गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक सरकारले ल्याएपछि देशभर गुठीहरु बिरोधमा उत्रेका हुन् । 

नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ जस्ता नारा लगाई प्रर्दशनकारीहरुले बिरोध जनाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *