रुसमाथी साइबर आक्रमण बढाउँदै अमेरिका

 

असार २ । अमेरिकाको चर्चित पत्रिका ‘न्यु योर्क टाइम्स’को रिपोर्ट अनुसार अमेरिकाले रुसको विद्युतीय पावर ग्रिडमाथि आक्रमण बढाएको छ । 

 साथै भावि दिनमा दुई देशबीच युद्धको अवस्था आएमा ती प्रणालीमा क्षती पुर्याउन सकिने खालेको सामाग्री (मालवेयर) पनि प्रणालीमा छाडिएको रिपोर्टमा जनाइएको छ । टाइम्सका अनुसार रुसी पावर ग्रिडको त्यति भित्र गएर हालसम्म ‘मालवेयर’ राख्ने प्रयास भएको थिएन । 

null

यो कदम चेतावनी दिन उठाइएको बताइएको छ । भावि दिनमा रुससँग ठूलो द्वन्द सुरु भएमा साइबर आक्रमण पनि युद्धको एउटा प्रमुख हिस्सा हुनेछ । 

पत्रिकासँग कुरा गर्ने क्रममा ट्रम्प प्रशासनका दुई शिर्ष अधिकारीले रुसी पावर ग्रिडमा राखिएको कम्प्युटर कोडको विवरणबारे डोनाल्ड ट्रम्पलाई पनि कुनै पनि जानकारी नदिइएको बताए । 

पेन्टागन र गुप्तचर निकायका अनुसार ट्रम्पले नयाँ जानकारीलाई के गर्ने हुन् भन्ने अनिश्चितताका कारण उनीलाई नभनिएको हो । सन् २०१७ मा ट्रम्पले अत्यन्त गोप्य सूचना ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा रुसी विदेशमन्त्री र अमेरिकाको लागि रुसी राजदूतलाई दिएका थिए । 

सो घटनाको वाशिन्टन पोष्टले खुलासा गरेको थियो जसलाई सीएनएनले पछि पुष्टि गरेको थियो । वर्तमान र पूर्व अधिकारीले न्युयोर्क टाइमलाई बताए अनुसार अमेरिकाले कम्तिमा पनि सन् २०१२ देखि रुसी पावर ग्रिडमा सैन्य हिसाबले निगरानी गरिरहेको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *