आज निर्जला एकादशी, तुलसीको बिउ राख्ने दिन

काठमाडौं, ३० जेष्ठ । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी । तुलसीको दल बिउ राख्ने दिन । यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ । 

 

वैष्णव परम्परामा यो दिन निर्जल पानीसमेत नपिई व्रत बस्ने परम्परा छ । दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ । एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो । 

null

एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ । एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *