चितवनका एसपीको सरुवा, राठौरको ठाउँमा मल्ल आउने

 

                                                          एसपी शुशिल सिंह राठौर 

जेठ १२, चितवन । चितवनका सहित ४५ जना एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवाको सुची सार्वजनिक गरेको हो । 

null

कार्यालयले निकालेको सुचीमा चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) शुशिल सिंह राठौरको महानगरीय अपराध महाशाखा सरुवा भएको छ भने चितवनमा दानवहादुर मल्ल आउने भएका छन् । 

उनी प्रहरी प्रधान कार्यालयबाट चितवन आउने भएका हुन् । चितवनबाट सरुवाको सुचीमा रहेका राठौरले करिब एक वर्ष कार्यकाल बिताए । 

चितवनको सुरक्षा व्यवस्थालाई चुस्त पार्न राठौरले भुमिका निर्वाह गरेका थिए । एसपी जयराज सापकोटाको काभ्रेमा सरुवा भएको छ । त्यस्तै कास्कीमा दान बहादुर कार्कीको सरुवा भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *