युवासंंघका अध्यक्षलगायत कार दुर्घटनामा परी ३ घाइते

वैशाख १८, काठमाडौं । अर्घाखाँचीमा भएको सडक दुर्घटना परी युवा संघ प्रदेश–५ का अध्यक्ष मनोहर बुढाथोकी लगायत ३ घाइते भएका छन् । बुढाथोकी सवार बा १९ च १३३ नंम्बरको कार र ना ६ ख ४३४९ नम्बरको ट्रक पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितगंगा नगरपालिका–८ अर्घाखाँचीमा एक आपसमा ठोक्किँदा अध्यक्ष सहित अन्य दुईजना घाइते भएको अस्थायी प्रहरी पोस्ट सापमारा अर्घाखाँचीले जनाएको छ । 

दुर्घटनामा युवा संघका अध्यक्ष बुढाथोकी सहित नेकपाका सदस्य लक्षमणकुमार शर्मा र नेकपाकै जिल्ला कार्यदल सदस्य शिबकुमार आचार्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *