खानेपानी सरसफाईः मेलम्चीलाई ७ अर्ब ३९ करोड

 

जेठ १७, काठमाडौं । सरकारले खानेपानी आयोजनाका लागि ४३ अर्ब ४० करोड बजेट विनियोजन गर्दा मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड विनियोजन गरेको छ । 

आगामी वर्ष भित्र आयोजनाको काम पुरा गर्न सरकारले उक्त बजेट छुट्याएको हो । आगामी वर्षमा ९२ प्रतिशत जनसंख्यामा खानेपानी पर्याउने सरकारको लक्ष्य छ । 

null

तराईका २० जिल्लामा आर्सेनिक सुधार योजना, तराई मधेश खानेपानी सुधार आयोजना सञ्चालन गरिने छ । सुख्खा ग्रस्त क्षेत्रमा खानेपानी आयोजना, भुकम्पबाट क्षतिग्रस्त आयोजना लाई पुर्ननिर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । 

खानेपानी वितरण प्रणाली र ढल ब्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन वोर्ड, खानेपानी संस्थान र काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन लिमिटेडलाई संस्थागत पुर्नसंरचना गरिने भएको छ । 

खानेपानी तथा सरसफाइ क्षेत्रका लागि आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब ४० करोड विनियोजन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *