चट्याङ लागेर सुनिलको मृत्यु


जेठ १४, लमजुङ । लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ लमजुङको मध्य नेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको चट्याङ लागेर मृत्यु भएको हो ।
null
दिउँसो ४ बजे धानको बीउ राख्नका लागि खेतमा गएका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालका अनुसार चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको छ ।
मृतक साँखी मङ्गला माध्यमिक ११ कक्षाको परीक्षा दिएर बसेका थिए ।
राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गरेका थिए । खाजतलास गर्दा राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा सुनिल मृतावस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
उनका अनुसार शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ ।
