रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिन्दा एकको मृत्यु

बैशाख २५, कपिलबस्तु । कपिलबस्तुको तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा लु ३ प ५००१ नं को मोटरसाइकल रोकिराखेको लु१ ख ९५५२ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । 

दुर्घटनामा परी मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिएका छन् । 

ट्रक र ट्रकका चालक एकबहादुर अधिकारी क्षेत्री लाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

null

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *