समाजसेवी श्रेष्ठद्वारा १० जना विद्यार्थीलाई निशुल्क छात्राबृद्धी

जेठ १, उर्लाबारी । मोरङ उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गत बर्ष झै यस बर्षपनि स्थानीय प्रभात आधारभुत विद्यालयमा १० जना विद्यार्थीलाई छात्राबृद्धी उपलब्ध गराउदैं नि:शुल्क पढ्ने व्यवस्था उपलब्ध गराएका छन् । 

 

१० जना विद्यार्थीको लागि बर्षभरी आवश्यक पोसाक,कपि कलम,जुत्ता व्याग उपलब्ध गराउदैं आवश्यक शुल्क सबै आफैले तिरिदिने निर्णय उनले गरेका छन् । 

null

कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्राबृद्धी दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिएका हुन् । श्रेष्ठले विद्यार्थीको पठनपाठनमा लाग्ने लत्ताकपडा, झोला, शैक्षिक सामग्रीलगायत सम्पूर्ण खर्च ब्योहोर्ने बताए । 

पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीहरु उज्वल भविष्यका लागि आफूले सहयोग गरेको श्रेष्ठले बताए । गतवर्ष पनि आफुले १० जनालाई छात्राबृद्धी उपलब्ध गरेकाे बताउँदै श्रेष्ठले यस बर्ष पनि निरन्तरता दिइएको बताए । 

यसवर्ष केहि विद्यार्थी छात्राबृद्धीका लागि फेरवदल भएको बताए । “छात्राबृद्धी पाउने विद्यार्थीले छात्राबृद्धी पाए अनुसार प्रगती गर्न सकोस, छात्राबृद्धी सहि सदुपयोग होस, यस वर्ष उत्कृष्ठ तथा विपन्न परिवारका नानीहरुलाई छनौट गरेका हौ” श्रेष्ठले भने । 

“त्यसबेला घरको अवस्था दयनिय भएकोले हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो तँ, कहिले कलम, अहिले जस्तो जुत्ता ब्याग त सपना जस्तै ” श्रेष्ठले भने, “आज त्यही दिनहरु सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरी छात्राबृद्धी उपलब्ध गराएका हुँ ।” 

व्यवस्थापन समितिको बैठकले आफूहरुले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीको नाम छात्राबृद्धीको लागि दिएको र श्रेष्ठले उनीहरुको पठनपाठनमा छात्राबृद्धी उपलब्ध गराएर सहयोग गरेकाे विद्यालयका प्रअ मोहन चापागाईले बताए । 

चापागाईका अनुसार यसरी छात्राबृद्धी पाउने विद्यार्थीहरुमा मिलन जिमी,विमल विश्वकर्मा,कुशल लिम्बू,भुमिका खतिवडा,सजना लिम्बू,मनिषा लिम्बू,ओसिन मारापाँचे,सुमित लिम्बू,पूर्णमाया खड्का र अनिशा राई रहेका छन् । 

उनीहरुको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोही अनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताउँछन् । 

श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै अध्यक्ष सुब्बाले भने, “उहाँको सहयोगले आर्थिक अभावले विद्यालय छोड्ने विद्यार्थीको समस्या हटेको मात्र छैन,विद्यालयमा विद्यार्थीहरु पनि थपिदैं गएका छन् । उहाँलाई धन्यवाद दिन चाहन्छौ ।” 

प्र.अ. चापागाईका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा यस अघि मञ्च बनाइदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा सहयोग गरेका थिए । “हाम्रा पूर्व विद्यार्थी समेत रहनुभएका श्रेष्ठको सहयोग विद्यालयको स्तर उन्नतीमा सदैव रहेकोछ” चापागाईले भने । 

विद्यालयमा आयोजना हुने विविध कार्यक्रममा श्रेष्ठले सहयोग गर्दै आएकाे चापागाई बताउँछन् । श्रेष्ठले विद्यार्थीको लागि अभिभावकसँग मिलेर ट्याक सुट पनि उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिए । 

  

  

  

  

घ ब्ततबअजmभलतक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *