संयुक्त वक्तव्य जारी गर्दै २१ सम्पादकले भने, ‘मिडिया काउन्सिल विधेयक फिर्ता लिऊ’

 

जेठ ९, काठमाडौं । विभिन्न मिडियामा आबद्ध सम्पादक समूहले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको मर्म र भावना विपरित भएको बताएका छन् । 

बिहीबार २१ सम्पादकहरुले सामूहिक रुपमा प्रेस वक्तव्य जारी गर्दै मिडिया काउन्सिल विधेयक संविधानको मर्म र भावना विपरित भएको बताएका हुन् । 

null

संसदमा दर्ता भएको विधेयकले संविधानले सुनिश्चित गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ लाई संकुचित गर्ने सम्पादक समूहको ठहर छ । 

जारी वक्तव्यमा भनिएको छ, ‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामीसम्पादकहरु सरकारसँग माग गर्दछौं ।’ 

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *