सुख्खा कुलोमा फेला पर्याे युवतीकाे शव

 

१ जेठ, बुटवल । रुपन्देहीमा एक युवतीको शव फेला परेको छ । 

गैडहवा गाउँपालिका वडा नम्बर १ साडीको भुझौली भन्ने गाउँमा १९ वर्षीय सवनाम निशाको शव फेला परेको हो । 

null

निशाको शव सुख्खा कुलोमा फेला पारेका स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो । प्रहरीले घटनामा एक शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । 

यद्यपी हत्या हो या आत्महत्या खुलेको छैन । शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजञ्ज पठाइएको प्रहरीले जनाएको छ । 

निशाको बिहे जेठ महिनामा नै हुने तय भएको थियो । सोमबार राति खाना खाएपछि निशा कोठामा सुत्न गएकी थिइन् । उनकी आमाले राति हेर्दा कोठामा नदेखेपछि मंगलबार दिनभर खोजी गर्दा पनि नभेटिएको पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *